क्याम्ब्रिजले ‘क्याम्ब्रिज स्कलरसिप डे’को आयोजना गर्ने
क्याम्ब्रिजले ‘क्याम्ब्रिज स्कलरसिप डे’को आयोजना गर्ने

काठमाडाैं / असोज २२ र २४ गते क्याम्ब्रिजले उच्च शिक्षाका लागि क्यानडा, युके र अस्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरेर ‘क्याम्ब्रिज स्कलरसिप डे’ गर्ने भएको छ । काठमाडौं । डेढ दशकदेखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय क्याम्ब्रिजले उच्च शिक्षाका लागि क्यानडा, युके र अस्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरेर ‘क्याम्ब्रिज स्कलरसिप डे’ गर्ने भएको छ ।

'क्याम्ब्रिजले बनेपा शाखा कार्यालय र मुख्य कार्यालय बागबजारमा स्कलरसिप डे गर्न लागेको हो । असोज २२ र २४ गते (अक्टोवर ९ मा बनेपा र अक्टोबर ११ मा बागबजार कार्यालय) हुने कार्यक्रममा क्यानडा, युके र अस्ट्रेलियाका प्रतिष्ठित कलेज र विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरुको उपस्थितिमा विद्यार्थीलाई करियर काउन्सेलिङ गरिने क्याम्ब्रिजका संस्थापक निर्देशक शिशिर सिंखडाले जानकारी दिए । ‘उच्च शिक्षाका लागि बाहिर जाने विद्यार्थीहरुलाई क्यानडा, यूके र अस्ट्रेलियाका १५ भन्दा बढी कलेज र विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरुबाटै काउन्सेलिङ गर्न लागिएको हो । स्कलरसिप डे मा विद्यार्थीहरुलाई कुन देश जान आइएलटिएस गर्नुपर्छ, कुन देश जान पिटिई गर्नुपर्छ भन्नेसमेत जानकारी दिन्छौं ।’

कार्यक्रमबाट विद्यार्थी तथा अभिभावकहरुले अर्बोड स्टडीका विविध विषयमा जानकारी पाउनुका साथै विश्वविद्यालयको छात्रवृत्ति, भर्ना प्रक्रिया, भिसा प्रक्रियाका बारेमा जानकारी पाउने भन्दै सिंखडाले भने । कक्षा १२ पास गरि उच्च शिक्षाकालागि विदेश जान खोजिरहेका विद्यार्थीलाई उनिहरुको शैक्षिक, आर्थिक योग्यता हेरेर करियर काउन्सिल गर्न क्यानडा, युके र अस्ट्रेलियाका प्रतिष्ठित कलेज र विश्वविद्यालयका प्रतिनिधि बोलाईएको हो । कार्यक्रममा क्यानडाको डरहम कलेज, युनिभर्सिटी वेस्ट क्यानडा, कन्फेडेरेसन कलेज, क्याम्ब्रेन कलेजका आधिकारिक प्रतिनिधिहरुले काउन्सेलिङ गर्नेछन् । फाेटाे फायलः

  • Head Office
  • Call us
  • Mail Us
Follow us on: