क्याब्रिजको ‘स्कलरसिप डे’ मा ......
क्याब्रिजको ‘स्कलरसिप डे’ मा ......
उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुलाई सहि सूचना प्रवाह गर्न क्याम्ब्रिजले आयोजना गरेको ‘स्कलरसिप डे’ मा विद्यार्थीहरुले उत्साहजनक सहभागीता जनाएका छन् ।

अक्टोबर ९ मा काभ्रेको बनेपा तथा अक्टोबर ११ काठमाडौंको बागबजार स्थित कार्यालयमा गरिएको ‘स्कलरसिप डे’ कार्यक्रममा सहभागी विद्यार्थीहरुले अर्बोड स्टडीका विविध विषयमा क्यानडा, यूके र अस्ट्रेलियाका विश्वविद्यालय र कलेजका प्रतिनिधिहरुसँग डाइरेक्ट शैक्षिक परामर्श लिए । साे क्रममा विश्वविद्यालय र कलेजका प्रतिनिधिहरूले विद्यार्थीहरूकाे शैक्षिक, आर्थिक तथा व्यक्तिगत बायाेडाटाहरू हेरेर करियर काउन्सेलिङ गर्दै अब्राेड स्टडीमा उनीहरूले पाउने स्कलरसिप, लागत, भिजा प्रकृयासँगै कलेज र विश्वविद्यालयकाे विवरण र पाेलिसीहरूबाटे परामर्श दिएका थिए ।

बुधबार बागबजारमा आयोजित कार्यक्रममा मात्रै २ सयबढी विद्यार्थीहरुको सहभागीता रहेको क्याम्ब्रिजका संस्थापक निर्देशक शिशिर सिंखडाले जानकारी दिए । ‘दसैं तिहार जस्तो चाडवाडको बेलामा पनि अर्बोड स्टडीका विविध पक्षमा जानकारी हासिल गर्न विद्यार्थीहरु उत्साहजनक रुपमा सहभागी हुनुभयो । धेरै विद्यार्थीको चाहना अन्तराष्ट्रिय डिग्री हासिल गर्ने, आफ्नो भविष्य सुरक्षित र सुनिश्चित गर्ने रहेको पायौं ।’ सिंखडाले भने ।

कार्यक्रममा अधिकांश विद्यार्थीहरुले क्यानडाको शिक्षा, भिजा प्रक्रिया, छात्रवृत्ति, लागत, अध्ययनसँगै पाउने अवसरका बारेमा परामर्श लिएका थिए । दोश्रो नम्बरमा यूएसए (अमेरिका) का लागि विद्यार्थीहरुको चासो थियो । तेश्रो नम्बरमा अस्ट्रेलिया र चौथो नम्बरमा यूकेको शिक्षाबारेमा परामर्श लिएका थिए ।

कार्यक्रममा उच्च शिक्षाका लागि विदेश जान भनेर आइएलटिएस, पिटिई जस्ता भाषा कक्षा लिइरहेका विद्यार्थीहरुले सहभागीता जनाएका थिए । उनीहरुलाई क्यानडा, यूएसए, अस्ट्रेलिया र यूकेका विश्वविद्यालय र कलेजका आधिकारिक प्रतिनिधिहरुले परामर्श गरेका थिए । बनेपामा २ दिन अगाडी भएको कार्यक्रममा पनि १३० बढी विद्यार्थीहरुले सहभागीता जनाएका थिए । स्वदेशमा होस् वा विदेशमा क्वाटिलीयुक्त शिक्षा हासिल गर्नुपर्छ भन्ने सन्देश चाडबाडको बेला छोटो समयमा गरिएको कार्यक्रममा विद्यार्थीहरुको उत्साहजनक सहभागीताबाट पुष्टि भएको सिंखडाको भनाई छ ।
  • Head Office
  • Call us
  • Mail Us
Follow us on: