काठमाडौं । शैक्षिक क्षेत्रमा डेढ दशकदेखि सक्रिय क्याम्ब्रिजले आफ्नो शाखा विस्तार गरेको छ । क्याम्ब्रिजले राजधानीको बालाजुमा नयाँ शाखा विस्तार गरेको हो ।
शुक्रबार नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का तृतिय उपाध्यक्ष गीता शिवाकोटी तथा महासचिव दीपकराज भुसालले संयुक्त रुपमा उद्घाटन गर्दै उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुका लागि क्याम्ब्रिजले सहि परामर्श गर्दै आइरहेकोले विद्यार्थी अभिभावकले ढुक्कका साथ परामर्श लिन हुने बताए ।
कार्यक्रममा बोल्दै उपाध्यक्ष शिवाकोटीले शैक्षिक परामर्श दिने संस्थाहरुले विद्यार्थीलाई सहि सुचना र परामर्श दिए विदेश जाने विद्यार्थीहरु समस्यामा नपर्ने बताउँदै क्याम्ब्रिजले इक्यानको कोड अफ कन्डक्टको सदैव पालना गरेको बताउनु भयो । ‘क्याम्ब्रिज इक्यानको कोड अफ कन्डक्टमा रहेर काम गरेको संस्था हो, विद्यार्थी अभिभावकले विस्वास गर्न सक्नुहुन्छ ।’ शिवाकोटीले भन्नुभयो ।
कार्यक्रममा बोल्दै इक्यान महासचिव दीपकराज भुसालले शैक्षिक परामर्श क्षेत्रमा क्याम्ब्रिजले छुट्टै परिचय स्थापना गरेको बताउनु भयो । क्याम्ब्रिजले प्रदान गर्ने शैक्षिक परामर्शले सयौं विद्यार्थीको भविष्य बनेको जिकीर गर्दै महासचिव भुसालले शैक्षिक परामर्श दाताले दिने परामर्श तथ्यगत हुनुपर्ने पनि बताउनु भयो ।
शाखा कार्यालय उद्घाटनमा गायक यम बरालको समेत सहभागिता रहेको थियो । उहाँले विद्यार्थी, अभिभावकलाई भरपर्दो सूचना प्रवाह गरी दक्ष जनशक्ति निर्माणमा क्याम्ब्रिजले ठूलो योगदान पुर्याएकोमा प्रशंसा गर्नुभयो ।
क्याम्ब्रिजका संस्थापक निर्देशक शिशिर सिंखडाले शैक्षिक परामर्श व्यवसायको नैतिक आचरण भित्र रहेर विद्यार्थी अभिभावकको बृहत्तर हित सोचेर काम गरिरहेको बताउनु भयो । उहाँले उच्च शिक्षाका लागि बाहिर जाने विद्यार्थीहरुलाई अनुभवी तथा मान्यता प्राप्त शैक्षिक परामर्शदाताबाट उचित मार्गदर्शन गर्न तथा आइएलटिएस, पिटिई लगायतका भाषा कक्षाहरु सञ्चालन गर्न क्याम्ब्रिजको शाखाहरु विस्तार गरिएको बताउनु भयो । ‘क्याम्ब्रिजले विद्यार्थीको शैक्षिक, आर्थिक र व्यक्तिगत क्षमता अध्ययन गरेर उसलाई कस्तो देशमा कस्तो कलेज र विश्वविद्यालयमा भर्ना गराउनु पर्ने हो सोही अनुसार जेन्यून काउन्सेलिङ गर्छ । हामी कुनै प्रलोभन दिएर र झुट्टा आश्वासन बाँड्ने काम गर्दैनौ ।’ जेन्यून काम गरेकाले क्याम्ब्रिजले छोटो समयमै विद्यार्थी अभिभावकको विस्वास जित्न सफल भएको सिंखडाको जिकीर छ ।
क्याम्ब्रिज बालाजु शाखाका निर्देशक अनिल सिंखडाले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुलाई सहज र भरपर्दो सेवा प्रदान गर्ने आफुहरुको लक्ष्य रहेको बताए । ‘हाम्रो उद्देश्य विद्यार्थीलाई सहजरुपमा विस्वसनीय सूचना प्रवाह गर्नु हो, यसका लागि हामी कुनै सम्झौता गर्दैनौं ।’ निर्देशक सिंखडाले भने ।
क्याम्ब्रिज बालाजु शाखाका विजनेश डेभलपमेन्ट मेनेजर बद्री सिंखडाले विश्वव्यापी ज्ञान हासिल गर्न र देशका लागि आवश्यक दक्ष जनशक्ति बन्न विश्वब्यापी ज्ञान र अनुभव हासिल गर्नुपर्ने जिकीर गरे ।
बागबजारमा मुख्य कार्यालय रहेको क्याम्ब्रिजको देशका विभिन्न शहरमा शाखा कार्यालयहरु रहेका छन् । कोटेश्वर, ललितपुर, बुढानिलकण्ठ, लम्की, बनेपा, इटहरी, धरान, दमक, विर्तामोड लगायत अस्ट्रेलिया, यूके र क्यानडाबाट समेत क्याम्ब्रिजले सेवा दिइरहेको छ ।
शैक्षिक परामर्श क्षेत्रमा छोटो समयमा स्थापित बन्न पुगेको क्याम्ब्रिजले अमेरिका, अस्ट्रेलिया, बेलायत, क्यानडा, यूरोप लगायत विश्वका प्रतिष्ठित देशका कलेज र विश्वविद्यालयमा अध्यनार्थ विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिँदै आएको छ ।