शिशिर सिंखडा
कक्षा १२ पास गरेपछि विद्यार्थीको भविष्य कता लैजाने लक्ष्य निर्धारण हुन्छ । त्यसअघिको माध्यामिक शिक्षा भनेको आधारभूत शिक्षा जस्तै हो । भविष्यमा के बन्ने के गर्ने ? कहाँ कुन विषय पढ्ने ? अब्रोड स्टडीमा जाने हो भने कुन देश जाने कुन कलेज छान्ने ? तयारी कसरी गर्ने यावत प्रश्नहरू विद्यार्थीका मस्तिष्कमा रुमलिनु अपरिहार्य छ । ‘आ १२ पास भइहाल्यो विदेश त कमाउन मोजमस्ती गर्न पो जाने हो त !’ भन्दै हचुवाका तालमा लहलहैमा दौडनेहरु लाई हो यो लेख ।
विदेश किन जाने ?
सर्वप्रथम विद्यार्थीले बुझ्नु पर्ने प्रश्न हो यो । विदेश धेरै प्रकारले गइन्छ । रोजगारीको लागि, घुमफिर मनोरञ्जनको लागि, स्वास्थ्योपचारको लागि, उच्च शिक्षाको लागि । तर, आफू कुन उद्देश्य लिएर विदेश जाने व्यक्ति स्वयंले निर्धारण गरेपछि मात्रै विदेश जाने प्रक्रिया सुरु गर्नुपर्छ । विद्यार्थीको कुरा गर्दा सबै विद्यार्थीले पढ्नकै लागि विदेश जाने मनस्थिति बनाउनु पर्छ । कतिपय विद्यार्थीहरू सुरुमा पढ्ने योजना बुनेरै विदेश जान्छन् तर, विदेशको भूमिमा पाइला पर्ने बित्तिकै ‘म संसारकै धनी हुने देशमा आएँ’ भन्दै पढाई छाडेर ‘डलरको खेती’ गर्न खोज्छन् । जुन एकदमै मुर्खतापूर्ण निर्णय हो । भर्खर कक्षा १२ पास गरेको, बाबुआमाको कमाईमा बाँचेको जसको हातमा सामान्य चिया कफीसमेत बनाउन सक्ने सीप छैन त्यस्ता विद्यार्थीले जुनसुकै देश गएपनि ‘सुन खानी’ भेट्टाउन सक्दैनन् । पहिले पढाई अनिमात्रै काम भन्दै पढाईमा एकाग्रता राख्नु श्रेष्ठकर हुन्छ ।
कुन देश जाने ?
भर्खर टीनएज पार गर्दै गरेका विद्यार्थीहरू जो अर्बोड
एक दशक यताको तथ्यांक केलाउने हो भने, अष्ट्रेलिया, क्यानडा, यूके, यूएसए तथा केही युरोपियन देशहरू नेपाली विद्यार्थीको रोजाईमा छन् । त्यसमा पनि १२ पास गरेर डिप्लोमा, ब्याचलर गर्न जाने अधिकांश विद्यार्थीहरू अष्ट्रे
विषय छनौट कसरी गर्ने ?
यो पनि विद्यार्थीको लागि महत्वपूर्ण विषय हो । आफुले कमर्स पढेको छ तर, कलेज छान्दा साइन्स, होटल मेनेजमेन्ट पढाउने कलेज छान्नु पूर्व जानुपर्ने पश्चिम गएजस्तै हो । कमर्समा १२ पास गरेकाले त्यहिसँग सम्बन्धीत विषय पढाई हुने कलेज रोज्नुपर्छ । साइन्स पढेकाले साइन्समै जोडिएका विषय रोजौं । अष्ट्रेलिया, यूके, क्यानडा, यूएसए जस्ता देशहरुमा जुनसुकै विषय अध्ययन गर्न सकिन्छ । पछिल्लो समय आइटी, कम्प्युटर साइन्स, नर्सिᰂङ, होटल मेनेजमेन्ट, हस्पिटालिटी, एकाउन्टिङ, फेसन डिजायनिङ जस्ता टेक्निकल ज्ञान भएका विषय विद्यार्थीका रोजाईमा परेका छन् । टेक्निकल विषयमा अष्ट्रेलियाको बजारमा अवसरै अवसर छन् । कोभिड–१९ पछि अष्ट्रेलियामा विदेशी विद्यार्थीलाई पढाईसँगै अवसरका धेरै ढोकाहरु खुलेका छन् ।
कस्ता कलेज छनौट गर्ने ?
अर्बोड स्टडीमा जानेले कस्तो कलेज छनौट गर्ने योपनि महत्वपूर्ण कुरा हो । उदाहरणका लागिः अष्ट्रेलियामा विश्वकै उत्कृष्ट विश्वविद्यालय, कलेजदेखि सामान्य एउटा कोठामा चलाइएका कलेजहरु पनि छन् । ती मध्येबाट आफ्नो लागि कुन कलेज ठीक हुन्छ त्यो छनौट गर्नु गाह्रो काम हो । विद्यार्थी एक्लैले यस्ता कलेजहरु छनौट गर्ने, आवेदन दिने, डकुमेन्टेसन गर्ने काम गर्न सक्दैनन् । तर, यसकालागि राम्रो परामर्शदाताको छनौट गरेर काम अगाडी बढाउनु पर्छ ।
अष्ट्रेलिया मात्र हैन विश्वका धेरै देशहरुमा फरक–फरक प्रकारका कलेज तथा विश्वविद्यालय हुने गर्छन् । माथि नै भनियो कि सामान्य एउटा कोठामा चल्ने कलेज देखि विश्वकै महंगा कलेजहरु छन् भनेर । त्यसमा विद्यार्थीले ‘एक कोठे कलेज’ कस्ता हुन्छन् भन्ने विषयमा सजग हुनुपर्छ । पछिल्लो समय विदेशी कलेजहरुले ठगी गरेको, विद्यार्थी अलपत्र पारेको, कलेज नै दर्ता नभएको जस्ता समस्या तथा गुनासाहरु आइरहेका छन् । कतिपय कलेजहरुले आकर्षक वेभसाइट बनाउने फेसवुक, टिवटर जस्ता सामाजिक सञ्जालमा भ्रामक प्रचारप्रसार गर्ने गरेका छन् । यसबाट विद्यार्थी बच्न सक्नुपर्छ । सामाजिक सञ्जालमा आउने यस्ता प्रचारात्मक सामग्रीहरुलाई मात्र हेरेर कलेज छनौट गर्नु हुँदैन । वेभ्साइटमा राखिएका ठूल्ठूला भवनयुक्त प्रोफाइलले कलेजको इतिहास दर्शाउँदैन । यसकालागि पनि विद्यार्थीले सुरुमै नेपाल सरकारबाट मान्यता प्राप्त, विस्वासिलो शैक्षिक परामर्श संस्था (कन्सल्टेन्सी) मा गएर परामर्श लिने, परामर्शदाताले दिएको सल्लाह सुझावलाई समेत स्वयंले भेरिफाई गर्ने गर्नुपर्छ । अनिमात्रै आफ्नो योग्यता, क्षमता अनुसारका कलेजहरु छनौट गर्न सकिन्छ । ‘हावा जता हल्लिन्छ पात त्यतै हल्लिए’ जस्तो भनेको, सुनेको वा लहलहैमा कलेज छनौट गर्ने गल्ती कदापी नगरौं ।
प्लस २, कक्षा १२ पास गरेर विदेश अध्ययन गर्न जानेहरु शुरुमा डिप्लोमा कोर्ष गर्न नै जाने भएकोले कलेज छनौटमा ध्यान नदिए पछि धेरै झमेलाहरु आइपर्छन् ।
तयारी कसरी गर्ने ?
विदेश जानु भनेको अर्काको देशमा अरुको नियम कानुन र परिधिमा रहेर अध्ययनसँगै आफ्नो करियर बनाउने कुरा हो । यसमा विद्यार्थी, अभिाभावक, परामर्शदाता कुनै एकको गल्तीले एउटा होनहार दक्ष जनशक्तिको भविष्य धरापमा पर्न जान्छ । तसर्थ, तपाई उच्च शिक्षाका लागि आफ्ना छोराछोरीलाई विदेश पठाउँदै हुनुहुन्छ, तपाई अन्तराष्ट्रिय शिक्षा र करियर खोज्न विदेश जाँदै हुनुहुन्छ या तपाई देशको लागि योग्य नागरिक उत्पादनमा टेवा पुर्याउन करियर काउन्सेलिङ गर्दै हुनुहुन्छ भने निम्न कुरा ध्यान दिनुहोस् ।
क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजी विगत १५ वर्षदेखि अर्बोड स्टडीको क्षेत्रमा काम गर्दै आइरहेको नेपाल सरकारबाट मान्यता प्राप्त संस्था हो । हामीसँग अष्ट्रेलिया, क्यानडा, यूके, यूएसए तथा युरोपका प्रतिष्ठत शैक्षिक संस्थाहरु रहेका छन् । भने अष्ट्रेलियाको सिड्नीमा हाम्रो आफ्नै कार्यालय पनि रहेको छ । नेपालबाट अष्ट्रेलिया गएका विद्यार्थीहरुलाई कुनैपनि प्रकारको समस्या पर्दा हामी जुनसुकै समयमा उपस्थित हुन सक्छौं ।
अभिभावकले ध्यान दिने कुरा
१) आफ्ना सन्तान किन, केका लागि विदेश जाँन खोज्दैछन् ?
२) छोराछोरीको शैक्षिक अवस्था, बानी व्यवहार कस्तो छ ? उ विदेशको विश्वविद्यालय, कलेज र त्यहाँको रहनसहनमा बस्न सक्छ कि सक्दैन ?
३) आफ्ना सन्तानको शैक्षिक योग्यता विदेशमा पढ्न योग्य छकि छैन ?
४) छोराछोरीले रोजेको देश, विश्वविद्यालय कलेजको इतिहास, शैक्षिक अवस्था, वातावरण, भाषा के कस्तो छ ?
५) विश्वविद्यालय, कलेजले तोकेको शुल्क तिर्ने क्षमता आफुसँग छकि छैन ?
विद्यार्थीले ध्यान दिनुपर्ने कुरा
१) आफ्नो शैक्षिक तथा भाषा कक्षाहरुः आइएलटिएस, टोफलको अंक कति छ ?
२) आफू जान चाहेको देश र कलेजको शैक्षिक अवस्था, कानुनी प्रावधान के कस्तो छ ?
३) आफ्ना अभिभावकसँग कलेजले तोकेको शैक्षिक तथा होस्टल शुल्क तिर्ने क्षमता छकि छैन ?
४) हातमा सामान्य कुनै सीप छकि छैन ?
५) छनौट गरेको कलेजमा विदेशी विद्यार्थी कत्तिको छन् ?
६) पढाईसँगै उक्त देशले विदेशी विद्यार्थीलाई काम गर्न दिने समय, कामका अवसर के कस्तो छ ?
७) भिजा प्रक्रिया, लागत, डकुमेन्टेसन कस्तो छ ?
८) कुन विषय अध्ययन गर्दा आफ्नो भविष्य सुनिश्चित हुन्छ ?
शैक्षिक परामर्शदाता छनौट गर्दा
कन्सल्टेन्सी नेपाल सरकारबाट अनुमति लिएको होकी हैन ?
परामर्शदाता तालिम प्राप्त, विदेशी कलेजको आधिकारिक एजेण्ट हो कि हैन ?
परामर्शदाताले दिएको राय सल्लाह आफ्नो लागि कत्तिको उपयुक्त छ ?
भोली विदेशमा पुगेपछि कुनै समस्या आइपर्दा कन्सल्टेन्सीले सहयोग गर्न सक्छ कि सक्दैन ?
अन्त्यमा,
विदेश जानु भनेको हतार र लहलहैमा गर्ने निर्णय हैन । साथै, आफन्त, दाजुभाई, छरछिमेकका छोराछोरी विदेशमा रहेका छन् भन्दै उनीहरुले सामाजिक सञ्जालमा समुन्द्र अगाडी खिचेका रंगीन फोटाहरु हेरेर पनि जाने हैन । पढ्न होस कि काम गर्न कुनैपनि युवा विदेश जान्छ भने उसले आफ्नो भविष्यसँगै आमाबुबा, दाजुभाई दिदिबहिनीको समेत सपना बोकेर गएको हुन्छ । बिरानो देशमा आफन्तसँगको वियोगको पिडा खपेर समयको पलपल हिसाब गर्दै संघर्ष गर्नु आफैंमा ठूलो च्यालेञ्ज हो । भोलीको सुखद् भविष्य निर्धारण गर्ने गोटेरोमा आएको यो च्यालेञ्ज फेस गर्न नेपालमै रहँदा सावधानी अपनाऊँ । विदेश देखासिखी र लहलहैमा हैन उद्देश्य र लक्ष्य निर्धारण गरेर जाऊँ ।
लेखकः क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीका संस्थापक निर्देशक हुन् ।