माथिको सानो कथाको सार हामी कुनै उद्देश्य लिएर अगाडी बढेका छौं भने, त्यो उद्देश्यबाट विमुख भएर अन्यत्र ध्यान दिए पतनको बाटोमा जान्छौं भन्न खोजिएको हो ।
देवराज इन्द्रको उद्देश्य थियो यमराजलाई भेट्ने । देवराज खोलाको वारी हुँदा यमराज उहीँ खोलाको पारी थिए । इन्द्रले कमलको फुलतर्फ ध्यान नदिइ खोला तरेको भए यमराजलाई भेट्थे, लक्ष्य विमुख हुने थिएनन् । तर, उनी त पूर्व जानुपर्ने पश्चिम दौडिए ।
हो, अहिलेकानयाँपुस्ताहरुपनिदेवराजइन्द्रकैपथमालम्किरहेकाछन्
१८ देखि २३ वर्ष भनेको किशोर उमेरले छोडेको युवा जोश जाँगरले भरिएको उमेर हो । माध्यामिक तह पार गरेर कलेज तहमा प्रवेश गरेकादेखि ब्याचलर, मास्टर्स गर्दै गरेका युवाहरुमा आइपरे एकै मुक्कामा राँगो ढालि हालौं जस्तो साहस हुन्छ, हत्केलाले सुर्यलाई रोक्छु भन्ने जोश हुन्छ । ढुङ्गै खाएपनि पचाइन्छ भन्ने जस्तो हुन्छ ।
केहि गरिहालौं, कतै गइहालौं, आज नगरे कहिले गर्ने जस्तो छटपटाहटबाट गुज्रिरहेका युवालाई सहि दिशानिर्देश गर्न सकिएन भने त्यसले ठूलो दुर्घटना निम्त्याउन सक्छ । उनीहरु ब्रेक फेल भएको गाडी जस्तो अन्धाधुन्ध दौडन्छन् र अन्ततः भयानक दुर्घटनामा पर्छन् ।