अस्ट्रेलियाको शिक्षा र नेपाली विद्यार्थीको आकर्षण र अवसर

यतिबेला ABROAD STUDY मा जाने विद्यार्थीहरु अस्टे«लिया प्रति धेरै आकर्षित भएका छन । कक्षा १२ उत्तिर्ण गरेका, ब्याचलर मास्टर्स गर्न जान चाहने धेरै विद्यार्थीहरु अस्ट्रेलियाको शिक्षा प्रति आकर्षित भएको देखिन्छ ।

नेपाली विद्यार्थी विदेश जानुको कारण

नेपाली विद्यार्र्थी अध्ययनका लागि विदेश जानुको कारण नेपालको शैक्षिक अवस्था नराम्रो भएर र विदेशमा अवसर पाएर मात्र होइन । ABROAD STUDY विद्यार्थीकाे रहर अनि साथीभाइलाई पछ्याउने लहर, सामाजिक र पारिवारिक संस्कार बन्दै गएको छ ।

विदेश गएपछि त्यहाँको शिक्षा, नीति नियम, परिवेश, विकासका कार्यशैली, आदी सिक्ने भएकाले ABROAD STUDY मा जानु नेपालको विकासमा सहयोग पुग्नु हो । ABROAD STUDY मा जानु भनेको देश निर्माणको लागि प्राविधिक जनशक्ति उत्पादन गर्नुपनि हो । देशलाई कसरी विकास गर्ने भन्ने कुरा बाहिर पढेर आएका विद्यार्र्थीबाट सिक्न सकिन्छ । यसर्थ, नेपाली विद्यार्थी ABROAD STUDY मा जानु भनेको आफ्नो, समाजको तथा राष्ट्रकै आवश्यक्ता हो ।

अस्ट्रेलियाको आकर्षण
अस्टेलियाका दुई तीन पक्षहरु अत्यन्तै राम्रा छन् । त्यहाँको प्राविधिक शिक्षा, अध्ययन सकिएपछि विद्यार्र्थीले पाउने पीएसडब्लु (पोस्ट स्टडी वर्क), सँगसँगै स्थायी बसोबासकोे अनुमति लिनका लागि पिआर (परमानेन्ट रेसिडेन्सी) एप्लाई गर्ने अवसर । यी तीन कुराले अष्ट्रेलिया विद्यार्थीको पहिलो रोजाइ भएको हो ।
धेरै जसो विद्यार्थी भिसामा अस्ट्रेलिया आएका बिद्यार्थीले ] Skilled Independent visa (subclass 189) अन्तर्गत पिआर पाउछन् । यो VISA बाट PR पाउन 60 Point Score गर्नुपर्ने हुन्छ ।

करिअर निर्माणको लागि टर्निङ प्वाइन्ट

सर्वप्रथम विद्यार्थी स्वयं नै भविष्य प्रति जिम्मेवार, निर्णय प्रति इमान्दार र बलियो नभएसम्म जुनसुकै देशमा गएपनि सफलता प्राप्त गर्न सक्दैन । अस्ट्रेलियामा पढाइ सकिने बित्तिकै नेपाल आउन पनि सम्भव हुँदैन । किनभने, नेपालबाट धेरै रकम खर्च गरेर गइएको हुन्छ । अध्ययन पश्चात छ सात वर्ष बसेर आर्थिक उपार्जन गर्न सकिन्छ । उतै सानो ठूलो व्यवसाय गरेर सेटल हुनपनि सकिन्छ ।
धेरै नेपालीहरु अस्टेलियाबाट उच्च शिक्षा हासिल गरी स्वदेशमा प्रतिष्ठित क्षेत्रमा स्थापित पनि भएका छन् । भने कतिपय नेपालीहरु अस्टेलियामा नै स्थापित भएका छन् । त्यसैले अस्ट्रेलिया उच्च शिक्षाका लागि नेपाली विद्यार्र्थीको महत्वपूर्ण टर्निङ प्वाइन्ट हो ।

नेपाली विद्यार्थीले प्राप्त गर्ने अवसरहरु
विद्यार्र्थीकालमा पार्टटाइम काम गरेर आर्थिक उपार्जन त गर्न सकिन्न । तर, अध्ययन पुरा गरिसकेपछि भने अवसरका ढोका खुल्दछन् । पिएसडब्लु (पोस्ट स्टडी वर्क) पाएपछि आफ्नो पढाईको स्तर र दक्षताको हिसाबले रोजगारीका राम्रा अवसर पाईन्छन् । जसले विद्यार्थीलाई आर्थिक उपार्जनको बाटो समेत खुल्छ ।

सर्वप्रथम विद्यार्थी स्वयं नै भविष्य प्रति जिम्मेवार, निर्णय प्रति इमान्दार र बलियो नभएसम्म जुनसुकै देशमा गएपनि सफलता प्राप्त गर्न सक्दैन । अस्ट्रेलियामा पढाइ सकिने बित्तिकै नेपाल आउन पनि सम्भव हुँदैन । किनभने, नेपालबाट धेरै रकम खर्च गरेर गइएको हुन्छ । अध्ययन पश्चात छ सात वर्ष बसेर आर्थिक उपार्जन गर्न सकिन्छ । उतै सानो ठूलो व्यवसाय गरेर सेटल हुनपनि सकिन्छ ।
धेरै नेपालीहरु अस्टेलियाबाट उच्च शिक्षा हासिल गरि स्वदेशमा प्रतिष्ठित क्षेत्रमा स्थापित पनि भएका छन् । भने कतिपय नेपालीहरु अस्टेलियामा नै स्थापित भएका छन् । त्यसैले अस्ट्रेलिया उच्च शिक्षाका लागि नेपाली विद्यार्थीकाे महत्वपूर्ण टर्निङ प्वाइन्ट हो ।

सबै विद्यार्थीले अवसर पाउलान् ?
कामै नगर्ने, पढ्नै नचाहने, आफ्नो भविश्यप्रति जिम्मेवार र चिन्तित नहुनेलाई स्वर्ग नै पठाए पनि फाईदा छैन । अस्टे«लियामा विद्यार्थी आफैंले ‘स्ट्रर्गल’ नगरी अगाडी बढ्न सक्दैन । मेहनत गर्ने, अरुको देखासिकीमा नलाग्ने, पढाइ र करियर प्रति दत्तचित्त भएर अध्ययन गर्ने, काम गर्ने विद्यार्थीको अस्ट्रेलियामा उच्च सम्मान छ ।
आफ्नो भविष्य, काम र लक्ष्य प्रति विद्यार्थी इमान्दार छ भने, सफलता प्राप्त गर्न सकिन्छ । अध्ययनलाई प्राथमिकता दिए उसले राम्रा अवसरहरु प्राप्त गर्न सक्दछ ।

अभिभावकको अपेक्षा
धेरै अभिभावकले आफ्ना छोराछोरी अस्ट्रेलिया जाने वित्तिकै सुन फलाउँछ, डलर कमाउँछ भन्ने सोच राख्नुहुन्छ । यो एकदमै गलत हो । नेपालमा आमाबाबुको कमाईमा पढेका, कामै नगरी हुर्किएका विद्यार्थीले विदेशमा एकै चोरी काम पनि गर्नुपर्ने, पढ्नुपनि पर्ने अवस्था हुन्छ । यस्तो बेलामा उसलाई पैसा पठाउनु पर्यो भनेर दवाव दिनु अभिभावकको ठूलो गल्ती हो । कम्तीमा एक वर्ष अभिभावकले नेपालबाटै विद्यार्थीलाई खान, बस्न र कलेजको शुल्क तिर्न सहयोग गर्नुपर्दछ ।

कस्ता विद्यार्थी अस्ट्रेलिया जाने ?
न्यूनतम कक्षा १२ पास गरेको, ब्याचलर गरेको, मास्टर्स गर्न विदेश जाने सोच बनाएका विद्यार्थीहरु अस्ट्रेलिया जान योग्य हुन्छन् । यस्ता विद्यार्थीले एकेडेमिक रुपमा कम्तिमा ६० प्रतिशत अङक ल्याएको हुनुपर्छ । क्ष्भ्ीत्क् को परीक्षामा ६ अंक हासिल गरेको हुनुपर्छ । त्यो सँगै समयको महत्व बुझ्ने, स्मार्ट, दुखःमा नआत्तिने, सुखमा नमात्तिने, आफ्नो र परिवारको इच्छा र सपना बुझेको हुनुपर्छ ।

विद्यार्थीले नेपालमै हुँदा अस्ट्रेलियाको रहनसहन, त्यहाँको नियम कानुन लगायत ब्यवहारिक पक्षलाई इन्टरनेटको माध्यमबाट अध्ययन गरेर जान पर्दछ । यसका लागि दक्ष, मान्यता प्राप्त शैक्षिक परामर्शदाताबाट कलेज र विश्वविद्यालयको जानकारी लिनु पर्दछ ।

कलेज तथा विश्वविद्यालय छनौट गर्ने आधार
आफ्नो विषय र आर्थिक क्षमता हेरेर कलेज छनौट गर्नुपर्छ । अस्ट्रेलियामा सबै प्रकारका विश्वविद्यालय र कलेज छन् । जहाँ विद्यार्थीले आफ्नो आर्थिक, शैक्षिक सामथ्र्यका आधारमा उच्च शिक्षा हासिल गर्न सक्छन् । अस्ट्रेलियाको जुनै विषय र तहको डिग्रीको विश्व बजारमा मान्यता छ ।

लागत
प्लस टु पश्चात व्याचलर पढ्न जाँदा कलेज तथा विश्वविद्यालय हेरी ८०–९० हजार डलरको हाराहारीमा कोर्स पुरा हुन्छ । डिप्लोमा लिडिङ ब्याचलरमा ४५ देखि ५५ हजार डलरको हाराहारीमा कोर्ष पुरा हुन्छ । भोकेशनल कोर्षमा जाँदा लागत कम हुँदा अस्ट्रेलिया गईसकेपछि विद्यार्थीलाई पर्ने थप आर्थिक भार पनि कम हुन जान्छ ।

१२ औं इक्यान शैक्षिक मेलामा सहभागिता
आउँदो साउन ३ गतेदेखि राजधानीमा हुन गइरहेको १२ औं इक्यान शैक्षिक मेलामा क्याम्ब्रिज इन्ष्टिच्युटले सहभागिता जनाउन गइरहेको छ । उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई दक्ष तथा मान्यता प्राप्त काउन्सर तथा क्याम्ब्रिजले प्रतिनिधित्व गरेका आधिकारिक कलेजका प्रतिनिधिहरुको उपस्थितिमा शैक्षिक मेलामा विद्यार्थी अभिभावकलाई सेवा प्रदान गर्ने छ ।

 

श्रोत – Janatapati

Please follow and like us:
error