उच्च शिक्षाका लागि किन जाने अस्ट्रेलिया ?

नेपाली विद्यार्थी  अस्ट्रेलिया किन जान आवश्यक छ ? अस्ट्रेलियाको शैक्षिक, आर्थिक, सामाजिक अवस्था कस्तो छ ? विदेश किन जाने लगायतका विषयमा क्याम्ब्रिजका संस्थापक निर्देशक शिशिर सिंखडासँग गरिएको कुराकानीको मुख्य अंस

नेपाली विद्यार्थी अध्ययनका लागि विदेश जानुको कारण नेपालको शैक्षिक अवस्था राम्रो नभएर हो वा विदेशमा अवसर पाएर हो ?

नेपाली विद्यार्थी अध्ययनका लागि विदेश जानुको कारण नेपालको शैक्षिक अवस्था नराम्रो भएर र विदेशमा अवसर ज्यादा पाएर पनि होइन । अहिले विदेश अध्ययनमा जानु रहरअनि साथीभाइलाई पछ्याउने लहर, सामाजिक र पारिवारिक संस्कार जस्तै बनेको छ ।विदेश गएर पढिसकेपछि त्यहाँको शिक्षा, नीति नियम, परिवेश, विकासका कार्यशैली, आदी कुराहरु भेट्ने, देख्ने र सिक्ने भएकाले विदेश अध्ययनमा जानु नेपालको विकासमा सहयोग पुग्नु पनि हो ।नेपालको विकासको लागि विदेशबाट महंगो शुल्क तिरेर प्राविधिक जनशक्ति भित्र्याई रहेको अवस्थामा नेपालबाट गुणस्तरीय शिक्षाका लागि विदेश  जानु भनेको देश निर्माणको लागि आवश्यक प्राविधिक जनशक्ति उत्पादन गर्नुपनि हो । विदेश गएर उच्च शिक्षा हासिल गरेर दक्ष जनशक्ति उत्पादन हुँदा नेपालको विकासमा ठूलो टेवा पुग्न सक्छ । देशलाई कसरी कुन मोहडामा विकास गर्ने भन्ने कुरा बाहिर पढेर आएका विद्यार्थीबाट धेरै सिक्न सकिन्छ ।

नेपाली विद्यार्थीकाे अस्ट्रेलिया तर्फ आकर्षण बढ्नुको कारण के हुन सक्छ ?

अस्टे्लियाका दुई तीन पक्षहरु एकदमै राम्रा छन् । त्यहाँको प्राविधिक शिक्षा विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने छन् भने, अध्ययन सकिएपछि विद्यार्र्थीले पीएसडब्लु (पोस्ट स्टडी वर्क) पाउँछन् । जसमा उनीहरुले पढाइपछि दुई तीन वर्ष काम गर्न पाउँछन् । सो समय उनीहरुले आफ्नो सम्पुर्ण लागत सजिलै असुल गर्ने अवसर पाउँछन् । सँगसँगै स्थायी बसोबासकोे अनुमति लिनका लागि पिआर (परमानेन्ट रेसिडेन्सी) एप्लाई गर्ने अवसर पाउँछन् ।गत वर्ष मात्रै ४ हजार १ सय ३० नेपालीले पिआर (परमानेन्ट रेसिडेन्सी) पाउन सफल भए ।

त्यसोभए नेपाली विद्यार्थीलाई अन्य देशभन्दा करिअर निर्माणको लागि अस्ट्रेलिया उत्तम हो ?

विश्वको जुनसुकै देशमा गएपनि सर्वप्रथम विद्यार्थी स्वयं नै भविश्य प्रति जिम्मेवार, आफ्नो निर्णय प्रति इमान्दार र बलियो नभएसम्म सफलता प्राप्त गर्न सक्दैन । अस्ट्रेलियामा पढाइ सकिने बित्तिकै नेपाल आउन पनि सम्भव हुँदैन । किनभने, उनीहरु नेपालबाट धेरै रकम खर्च गरेर गएका हुन्छन् । अध्ययन पश्चात छ सात वर्ष बसेर आर्थिक उपार्जन गर्न सकिन्छ ।
कतिपय विद्यार्र्थीहरु उतै सानो ठूलो व्यवसाय गरेर सेटल पनि भएका छन् । अस्टे्लिरया गएर आफ्नो भविश्य र पढाई प्रति जिम्मेवार बनी ठूलो सफलता प्राप्त गरेका धेरै उदाहरणहरु हामीसँग छन् । एनआरएनका संथापक शेष घले, आरजीआइटी कलेजका सिइओ चन्द्र योञ्जन लगायत धेरैले अष्ट्रेलियामा रहेर विश्वमै नेपाल र नेपालीको शीर उच्च राख्न सफल भूमिका निर्वाह गरेका छन् । सँगसैगै धेरै नेपालीहरु अस्टे्लिरयाबाट उच्च शिक्षा हासिल गरी स्वदेश फर्किएर प्रतिष्ठित क्षेत्रमा स्थापित पनि भईसकेका छन् । त्यसैले अहिलेको हाम्रो देशको निती नियम जस्तो छ, त्यो परिवर्तन नहुन्जेलसम्म अस्ट्रेलिया उच्च शिक्षाका लागि नेपाली विद्यार्र्थीको महत्वपूर्ण गन्तब्य बनेको छ ।

अस्टे्लियामा नेपालबाट गएका विद्यार्थीले   प्राप्त गर्ने अवसरहरु के–के हुन सक्छन् ?

विद्यार्थीले त्यहाँको नीति नियम अनुसार अध्ययन पुरा गरिसकेपछि धेरैै अवसर प्राप्त गर्दछन् । पढाइको समय अवधिभर विद्यार्थीलाई ब्यवस्थापनमा केहि कठिनाइ त हुन्छ तर, त्यहाँको सरकारले विद्यार्थीलाई सहजता प्रदान गर्न अध्ययनसँगै पार्टटाइम जब गर्नका निमित्त समयको ब्यवस्थापन गरिदिएको छ । जुन अवसरबाट विद्यार्थीहरूले पकेट खर्च जुटाउन सक्छन् । पिएसडब्लु (पोस्ट स्टडी वर्क) पाएपछि आफ्नो पढाईको स्तर र दक्षताको हिसाबले रोजगारीका राम्रा अवसर पाईन्छन् । जसले विद्यार्थीलाई आर्थिक उपार्जनको बाटो समेत खुल्छ ।

 

भर्खरै प्लस टु पास गरेका कच्चा उमेरका विद्यार्थीले त्यहाँको दुःख र परिस्थिति सँग जुध्न सक्छन् त ?

सबैभन्दा दुखःको कुरा, नेपालीहरु समयको ब्यवस्थापन गर्न सक्दैनौं । अस्ट्रेलियामा नेपाली विद्यार्थीलाई समयको ब्यवस्थापन गर्न शुरुमा निक्कै समस्या पर्छ । त्यससँगै नयाँ परिवेश, नयाँ ठाउँ भएकोले केहि समय ब्यवहारिक पक्षलाई बुझ्न समय लाग्छ । नेपालमा परिवारसँग कुनै काम नगरी बसेको विद्यार्थीलाई त्यहाँ पढाई र कामलाई एकै पटक ब्यवस्थापन गर्नुपर्दा केहि समस्या हुन्छ । यस्ता समस्याहरुसँग जुध्न विद्यार्थीले नेपालमै हुँदा अस्ट्रेलियाको रहनसहन, त्यहाँको नियम कानुन लगायत ब्यवहारिक पक्षलाई इन्टरनेटको माध्यमबाट अध्ययन गर्न आवश्यक छ । साथै, शैक्षिक परामर्शदाताबाट समेत कलेज र विश्वविद्यालयको जानकारी लिनु पर्दछ ।
एउटा विद्यार्थी तपाईसँग विदेश अध्ययन गर्न जान्छु भनेर परामर्श लिनका लागि आउँदा कसरी काउन्सेलिङ गर्नुहुन्छ ?

कतिपय विद्यार्थीहरु अध्ययनलाई पछाडी राखेर पैसा कमाउने उद्देश्य लिएर विदेश अध्ययनका लागि गएको देखेका छौं । त्यसैले हामी कहाँ आउने विद्यार्थीलाई शुरुमै प्रष्ट रुपमा सोध्छौं की, ‘कुन उद्देश्य लिएर विदेश अध्ययनका लागि जाने हो ?’
विद्यार्थीले ‘उच्च शिक्षाकै सोच लिएर आएको हो’ भनेको खण्डमा हामी परामर्श शुरु गर्छौं । त्यसपछि विद्यार्थीको शैक्षिक, आर्थिक, पारीवारिक अवस्था कस्तो छ ? जानकारी लिन्छौं । विद्यार्थीले जान चाहेको देश र कलेजमा अध्ययन गर्न उसको शैक्षिक, आर्थिक क्षमता कस्तो छ त्योपनि अध्ययन गर्छौं । त्यसपछि मात्र विद्यार्थीले अध्ययन गर्ने विषयमा छलफल गर्छौं । त्यो विषय उसको रहर हो, लहर हो या कहर हो त्योपनि प्रष्ट पार्छौँ र, अनीमात्र प्रकृया अगाडी बढाउँछौं ।
यदि विद्यार्थीको लागत र शैक्षिक क्षमताले भ्याउने देखिएन भने उसलाई हामी स्वदेशमै अध्ययन गर्न सल्लाह दिन्छौं, अथवा कम शुल्कका कलेजहरुमा प्रयास गर्न परामर्श दिन्छौं ।

नेपाली विद्यार्थीले अस्ट्रेलियामा कुन तहमा अध्ययन गर्दा के कस्तो शुल्क लाग्छ ?

अस्ट्रेलियामा जुनै तह र विषयमा अध्ययन गरेपनि त्यहाँको डिग्रीको विश्व बजारमा मान्यता छ । प्लस टु पश्चात डाइरेक्ट व्याचलर पढ्न जाँदा कलेज तथा विश्वविद्यालय हेरी ८०–९० हजार डलरको हाराहारीमा कोर्स पुरा हुन्छ । डिप्लोमा लिडिङ ब्याचलर पढ्न जाँदा लगभग ४५ देखि ५५ हजार डलरको हाराहारीमा लाग्छ । सरर्रती हेर्दा भोकेशनल कोर्षमा जाँदा लागत निक्कै कम हुन्छ । र, भोली अस्ट्रेलिया गईसकेपछि विद्यार्थीलाई पर्ने आर्थिक भारपनि कम हुन जान्छ ।

 

विद्यार्थीले सही कन्सल्टेन्सी र परामर्शदाता छनौटमा के–के ध्यान दिनुपर्छ ?

शिक्षण संस्था छनौटमा विद्यार्थीमात्र नभएर अभिभावकले पनि ध्यान दिनुपर्ने हुन्छ । आफ्नो छोराछोरीको भविष्यको लागि अभिभावक स्वयंम संस्थामा गएर बुझ्नुपर्छ । शिक्षण संस्था सञ्चालन गर्ने व्यक्ति कस्तो खालको छ ? त्यसको पृष्ठभूमि के हो ? शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त हो कि होइन ? छाता संगठनमा आबद्ध छ की छैन ? बुझनुपर्छ । अनि उसले पठाएका विद्यार्र्थीहरु कति गएका छन् र ती विद्यार्र्थीहरुको अवस्था कस्तो छ ? त्यो सबै अभिभावकले बुझ्नु जरुरी छ । सहि कन्सल्टेन्सी र परामर्शदाता छनौट गरेको खण्डमा विद्यार्थीको करियर निर्माणमा समेत सहयोग पुग्छ ।

अस्ट्रेलिया उच्च अध्ययन गर्न जान चाहिरहेका विद्यार्थीलाई परामर्शदाताको रुपमा के सन्देश दिन चाहनुहुन्छ ?

क्याम्ब्रिज एउटा परिवारबाट सञ्चालित प्रतिष्ठित संस्था हो । हामी विद्यार्थीलाई कुनै प्रलोभन र झुट्टा आश्वासन नदिई सहि सत्य–तथ्य कुरामा आधारित भएर परामर्श दिन्छौं । हाम्रा शाखाहरु इलाम, बिर्तामोड, दमक, इटहरी, विराटनगर, धरान, चितवन र मुख्य कार्यालय काठमाडौँको बागबजार र नयाँ बानेश्वरमा रहेको छ । यी शाखाहरुबाट तपाईहरुले दक्ष तथा मान्यता प्राप्त काउन्सलरबाट शैक्षिक परामर्श लिन पाउनु हुन्छ । तसर्थ, आफ्नो भविष्य निर्माणको आधार तय गर्नुअघि एक पटक क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीका शाखा तथा प्रमुख कार्यालयमा भ्रमण गर्नुहुन अनुरोध गर्दछु ।

श्रोत – BicharKhabar

Please follow and like us:
error